रेडक्रस उपशाखा पोखरा ६ को साधारण सभा

पोखरा, २५ पुस ।

नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं. ६ वैदाम उपशाखाको १२ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।  साधारण सभाको उद्घाटन गर्दै सोही वडाका अध्यक्ष जगतबहादुर पहारीले रेडक्रशले निस्वार्थ मानविय सेवामा समर्पित संस्था भएको चर्चा गरे ।

कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति डण्डराज शर्मा, सदस्य मंगल बहादुर नेपाली, कार्यपालिका सदस्य पुष्पा पहारी, ताल बाराही माबिका अध्यक्ष कृष्ण न्यौपाने, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराई, नागरिक समाजका संयोजक बिष्णु हरि अधिकारी, नेकपा बासु बराल, नेपाली काँग्रेसका बलराम गिरी, राप्रपाका गणेश बहादुर ढकाल, पश्चिमान्चल होटल संघका उपाध्यक्ष लक्ष्मण सुबेदी, प्रगति आमा समुहकी अध्यक्ष बिष्णु केसी लगायतकाले रेडक्रसले सामाजिक सेवामा पु¥याएको योगदानको बारेमा बोलेका थिए ।

footwear zone

सभामा सचिव सुर्यनाथ पहारीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमल भुजेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
सोही अवसरमा १८ जना नयाँ सदस्यहरुलाई अविर र खादा लगाइ रेडक्रस अभियानमा स्वागत गरिएको थियो ।
उपशाखा सभापति गिरिराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति उमा भण्डारीले, रेडक्रस सातका सिद्धान्त वाचन सदस्य ओम बिक्रम ओझाले र कार्यक्रम संचालन सचिव सुर्यनाथ पहारीले गरेका थिए ।

You might also like

Comments are closed.