जीविकोपार्जन पुनःउत्थानका लागि महिला रिभर गाइड तालिम

काठमाडौं ।  संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत महिला रिभर गाइड तालिम शुरु भएको छ ।

तालिम असार १ गतेबाट शुरु भएको तालिम १५ दिनसम्म सुनकोशी गाउँपालिकाको बलेफिमा सञ्चालन भइरहेको छ । एसटीएलआरपी परियोजनासंगको साझेदारीमा नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा विभिन्न जिल्लाका ५३ जना महिलालाई निःशुल्क रुपमा तालिम प्रदान गर्न लागिएको हो ।

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले नेपालमा पहिलो पटक महिलाहरुका लागिमात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनमा जनशक्तिको विकासमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताए ।

footwear zone

रेग्मीले तालिमलाई तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै करियर बनाउने गरी काम गर्न आग्रह गर्दै बोर्डले नारासँगको सहकार्यमा थप तालिम प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

युएनडिपीका पोर्टपोलियो म्यानेजर कल्पना सरकारले कोभिड १९ पछि पर्यटन मजदुरहरु सबैभन्दा समस्यामा परेकोले उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले एसटीएलआरपी परियोजना शुरु गरिएको जानकारी दिँदै महिलाहरुका लागि मात्रै आयोजना गरिएको यो तालिमले महिला शशक्तिकरण, रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ती गर्ने बताइन् ।

नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलो पटक पर्यटन बोर्ड तथा एसटीएलआरपी परियोजनाकासँगको सहकार्यमा नाराले महिला रिभर गाइडको निशुल्क तालिम सन्चालनमा ल्याएको जानकारी दिँदै तालिमबाट उत्पादिन जनशक्तिलाई नाराले रोजगारीको ग्यारेन्टि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले नदी सफा र सुरक्षित राख्न गाउँपालिकालाइ सुझाब दिए । कार्यक्रमा नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाहरको सहभागिता न्युन रहेकाले युवाको आकर्षण बढाउन र महिलालाइ आत्मनिर्भर बनाउने महत्वपूर्ण उदेश्य बोकेर तालिमको आयोजना गरिएको बताए ।

र्‍याफ्टिङ तालिमका प्रशिक्षक रेवती प्रसाद उपाध्यायले भोटेकोशी , र्‍याफ्टिङका लागि संसार कै उत्कृष्ट ७ औं नम्बरमा पर्न सफल नदी भएको जानकारी दिँदै यस तालिमाट जनशक्ति विकास हुनेमा विश्वस्त रहेको बताए । सुनकोशी गाउँपालिकाका प्रतिनिधी दीपक श्रेष्ठले गाउँपालिका बोर्ड तथा नारासँग सहकार्य गरेर अघि बढ्न तयार रहको बताए ।

कार्यक्रममा प्रशिक्षर्थी देउराली चाम्लिङ्ग,रुजिता अधिकारी तालिमबाट आफुले गरेका अपेक्षाका बारेमा धारणा राखिन् । लतालिममा शैैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु दिइने परियोजनाका परियोजनाका राष्ट्रिय कार्यक्रम प्रबन्धक ज्ञानेश्वर महतोले जानकारी दिए ।

एसटीएलआरपी परियोजनाले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)नारा, ट्रेनिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान),एशोसिएशन नेपाल (हान) तथा विभिन्न गाउँपालिकाहरुको सहकार्यमा करिब ६ हजारजनालाई अल्पकालीन रोजगारी दिएको पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

You might also like

Comments are closed.