कामापाको पूर्वाधार एम्बुलेन्स अब बिहान र बेलुकामा मात्र सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुकामा मात्र गरिने भएको छ।

दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्ने भएको हो ।

महानगर प्रमुख बालेन्द्र साहको निर्देशनअनुसार विगत एक हप्तादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको हो। यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदै छ। यसअघि फोहर बोक्ने दुई गाडीलाई रंग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको हो।

footwear zone

महानगरका इन्जिनियर कामदारसहित ६ जनाको टोलीले नागरिकको गुनासोअनुसार टोलटोलमा पुगेर सडकको मर्मतको काम गर्दै आएको छ ।

You might also like

Comments are closed.