काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।
शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका(११ का कमल खड्का रहेको इलाका प्रहरी कार्यालय आठबिसकोटले जानकारी दिएको छ ।

जिपमा चालक र सहचालक मात्र रहेको जनाएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो।




Comments are closed.