विकास निर्माण कार्यमा कर्मचारी र ठेक्केदारको मिलेमत्तोमा गुणस्तरहीन सामग्रीको प्रयोग

काठमाडौं । सिरहाको लहानस्थित मत्स्य विकास केन्द्र हातामा भइरहेको विभित्र विकास निर्माण कार्यमा कर्मचारी र ठेक्केदारले गुणस्तरहीन सामग्रीको प्रयोग गरिरहेको पाइएको छ ।

विकास केन्द्र हाताभित्रै पूर्वाधार निर्माणको काममा कर्मचारी र निर्माण कम्पनीको मिलेमत्तोमा गुणस्तरहीन काम भइरहेको हो । मत्स्य विकास केन्द्रमा सहलेश कन्ट्रक्सन लहानले १५ लाखमा १७२ मिटर लामो फिडिङ क्यानल ९नाला० निर्माणको ठेक्का स्वीकार गरी काम गरिरहेको छ । विकास निर्माणको काममा एक नम्बर इँटा प्रयोग पर्नुपर्ने हो, तर यसमा तोकेको भन्दा कम गुणस्तरको ९मिठापाक,गोरीया०इँटा प्रयोग भएको पाइएको छ ।

कम गुणस्तरका इँटा प्रयोग नगर्न निर्माण कामको निरीक्षण गर्ने जिम्मा पाएका साइड इन्जिनियर रामविश्वास भण्डारीले तत्काल इँटा फेर्न भने पनि ठेकेदारले अटेर गरि गुणस्तरीयहीन इँटा नै प्रयोग गरिरहेको बताए । इन्जिनियर भण्डारीले भने, ‘मैले ठकेदारलाई प्रयोग गरिएको इँटा गुणस्तरहिन देखिएपछि प्रयोग नगर्न भनिसकेको छु, मैले बारम्बार भनिरहे पनि ठेकेदारले बेवास्ता गरे ।’

footwear zone

निर्माण कम्पनीकै निजी प्राविधिक सञ्जिव ठाकुरले पनि कमसल इँटा प्रयोग भएको स्वीकारे । उनले भने, ‘इँटा उद्योगको लापरबाहीका कारण केही इँटा नराम्रो आएकै हो, मैले तत्काल नल्याउन भनिसकेको छु।’

मत्स्य विकास केन्द्रका प्रमुख मुङ्गालाल चौधरीले समेत इँटा फेर्न भनेको बताए। चौधरीले ठेकेदारलाई फोन गरेर इँटा फेर्न भने पनि अटेर गरेको सुनाए ।

लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतोको श्रीमतीको नाममा रहेको सल्हेश कन्सट्रक्सनले काम गरिरहेको छ । कम्पनी श्रीमतीको नाममा भए पनि उपप्रमुख महतोले काम गर्दै आएका छन्। कमसल सामग्री प्रयोगको विषयमा महतोसँग बुझ्न खोज्दा उनले ‘तपाइँसँग ल्याब छ रु कुन ल्याबमा जाँचेर कमसल भन्नुभएका हो रु’ भन्दै प्रतिप्रश्न गरे ।

यहि हाताभित्रै ५५ लाखको लगानीमा ओभरहेड ट्याङ्की निर्माण भइरहेको छ। यसको ठेक्का भने भवानी कन्ट्रक्सले पाएको छ। माछाको भुरा उत्पादन गर्ने यहाँ ओभरहेड ट्याङ्की निर्माणमा पनि गुणस्तरहिन बालुवा लगाएतका निर्माण सामाग्री प्रयोग गरिएको पाइएको छ ।

पूर्वाधार निर्माणको काममा प्रशोधित बालुवा गिट्टीको प्रयोग गर्नुपर्ने हो । तर, यहाँ खोलाको बालुवा र गिट्टी कम मूल्यमा पाइने भएकाले निर्माण कम्पनीहरू सिधै खोलाबाट ल्याएर निर्माण कार्यमा प्रयोग गरिरहेका छन् ।

मत्स्य विकास केन्द्रकै हाताभित्र ४० लाखको कर्मचारी आवास, २० लाखको डिप बोरिङ जडान, २० लाख पोखरीको बाल सुद्धृढीकरणको काम भइरहेको छ ।

You might also like

Comments are closed.