काठमाडौं । गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम, केही विकासका कुरा केही निकासका कुरा’ परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार हिमालय रेस्क्यु एसोसिएसनको कार्यालयमा कार्यक्रम भएको हो । पर्यटन व्यवसायी तथा खेलकुदकर्मीहरूको उपस्थितिमा हिमालयन रेस्क्यु एसोसिएसनका अध्यक्ष तथा नेपालका लागि डेनमार्कका अवैतनिक वाणिज्य दूत हरि धरेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
विगत २ दशकदेखि सडक सुरक्षा तथा डेढ दशकदेखि नेपालको खेलकुद तथा पर्यटन क्षेत्रमा संलग्न सामाजिक अभियन्ता भट्टराईद्वारा लिखित उक्त पुस्तक गत साता सार्वजनिक भएको हो ।

विभिन्न समयमा प्रकाशित लेख रचनाहरुको संग्रह ‘कार्ल मार्क्सको कसम’ प्रकाशित गरिएको हो ।सो पुस्तकमा मोबिलिटी, सडक र यातायात, सडक सुरक्षा तथा दिगो शहरी विकासका क्षेत्रहरुमा आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदिलाई समेटिएको छ
यसमा सुरक्षित, दिगो, व्यवस्थित र सबै नागरिकको पहुँच सहितको मोबिलिटी अधिकार, सार्वजनिक यातायात, सडक सुरक्षा परिषद, इन्टरनेसनल ड्राइभिङ परमिट र स्मार्ट सिटी एवं शहरी व्यवस्थापनका केही अनुभव र सुझाव समेत समेटिएको छ ।
कार्यक्रममा बोल्दै लेखक भट्टराईले पुस्तक अब पाठकहरू माझ प्रस्तुत भइसकेको बताउदै पढेर सल्लाह, सुझाव दिन आग्रह गरे ।
कार्यक्रममा साहित्यकार प्रतीक ढकाल, सिएनआइका महाप्रबन्धक दीपकराज जोशी, साहित्यकार भवानी खतिवडा, राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ, नेपाल माउन्टेन रनिङ एसोसिएसनका उपाध्यक्ष कपिल न्यौपाने, नेपाल र्याफ्टिङ एसोसिएसनका अध्यक्ष शिव अधिकारी, उपाध्यक्ष शिशिर खनाल, नेपाल प्याराग्लाइङ संघका सचिव उमेश केसी, टु ह्वील टु रिङ इन नेपालका कुन्दन श्रेष्ठ, माउन्टेन स्पोर्ट्स फेडेरेसनमा सुदिप गौतम, अटो पत्रकार संघका उपाध्यक्ष सुरेन्द्र पौडेल लगायतले बोलेका थिए ।




Comments are closed.