निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद् धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले द्वन्द्वपीडित बच्चा पढाइरहेको बच्चाका लागि भएको बजेटसमेत कटाएको उल्लेख गर्दै भनिन्, “वर्षौंदेखि निरन्तरता पाएको योजनाको बजेट पनि कटाइएको छ, द्वन्द्वपीडितको बच्चा पढाउने बजेटसम्म विनियोजन भएन, त्यो बच्चा पढाउनु राज्यको दायित्व हो कि होइन, मलाई जवाफ चाहिन्छ ।”

उनले बजेट निर्माण गर्दा संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले बजेटका लागि योजनाहरु प्रस्तुत गरेको र त्यसका लागि विभागीय मन्त्रालयदेखि राष्ट्रिय योजना आयोग र अर्थमन्त्रीलाई पनि भेटी कुरा राखेको तर एउटामा बजेट विनियोजन नभएको संसद्समक्ष जानकारी गराए । सांसद् थममाया थापाले ललितपुरमा एक बालिका बलात्कारको घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गर्नुपर्ने माग गरिन् ।

footwear zone

त्यस्तै, सांसद् मीनबहादुर विश्वकर्माले सेयर बजारले वित्तीय क्षेत्रलाई अप्ठ्यारो अवस्था आएको हुनाले सरकारले ५० लाख व्यवसायी आबद्ध भएको उक्त सेयर बजारप्रति ध्यान दिएर आमरण अनशनमा बसेको व्यक्तिको जीवन बचाउन सरकारसँग आग्रह गरे ।

सांसद् यज्ञबहादुर बोगटी र रेखाकुमारीले देशका विभिन्न भागमा हत्या, हिंसाको घटना भइरहेकाले सरकारले शान्तिसुरक्षा कायम गर्न सरकारको ध्यानाकर्षण गराए ।

You might also like

Comments are closed.