बुधबारदेखि सबै उडान बन्द गर्ने निर्णय

 

काठमाडौं । वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान बन्द गर्ने निर्णय गरेको छ । संघले विभिन्न माग राख्दै बुधबारदेखि नियमित उडान र आपतकालीन उद्धारसमेत बन्द गर्ने निर्णय गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको ५ असारको बैठकले तोकिएका आधार विमानस्थलमा विमान तथा हेलिकप्टरको रात्रीकालीन पार्किङ गरी भोलिपल्टको पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो।

footwear zone

वायुसेवा सञ्चालक संघले क्षेत्रीय विमानस्थलको स्तरोन्नति भए पनि विमान तथा हेलिकप्टर मर्मत सम्भार तथा चेकजाँचजस्ता प्राविधिक पक्ष र अन्य भौतिक पूर्वाधारको विकास नभएकाले तत्काल प्राधिकरणको निर्णयअनुसार सञ्चालन गर्न नसकिने जनाएको छ।

 

You might also like

Comments are closed.