करुणा फाउण्डेसनको आयोजनामा चित्रकला तथा प्रजनन अधिकारसम्बन्धी भिडियो प्रदर्शनी हुने

काठमाडौं । करुणा फाउण्डेसनको आयोजनामा चित्रकला प्रर्दशनी हुने भएको छ । काठमाडौंको धुम्बाराहीस्थित होटल आकामामा आगामी शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म चित्रकला प्रदर्शनी हुने भएको हो ।

कार्यक्रममा चित्रकार अमिर बमजमले बनाएका चित्रको प्रर्दशनी तथा बिक्री हुनेछन् । अपांगता भएका चित्रकार बमजमले हातको प्रयोग नगरि मुखले नै चित्रहरु कोर्ने गरेका छन् । प्रदर्शनीमा १५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका चित्र बिक्रीमा रहने बताइएको छ ।

अपांगता भएका व्यक्तीको यौन तथा प्रजनन अधिकारसम्बन्धी भिडियो प्रदर्शनी पनि हुनेछ ।

footwear zone

You might also like

Comments are closed.