पोखराको प.क्षे. अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प.क्षे. अस्पतालमा एक ५० वर्षिया महिलाको किड्नी ट्रान्सप्लान्ट (मिर्गौला प्रत्यारोपण) को आज सफलतापूर्वक सम्पन्न भएको हो। ति महिलालाई उनकै ५१ वर्षिय श्रीमानले किड्नी प्रदान गरेको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

काठमाडौंबाट डा.पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाई, डा. माया लामा, डा.जुजु श्रेष्ठ, डा.अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको हो ।

footwear zone

अब अस्पतालमा नियमित प्रत्यारोपण गर्ने निर्देशक प्रा.डा. खत्रीले बताए । प्रत्यारोपण कार्यमा सहभागी सिंगो मेडिकल टिमलाई प्रा.डा. खत्रीले आभार व्यक्त गरेका छन् भने बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

You might also like

Comments are closed.