असर्फीको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । बिहीबार नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो ।

बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो ।

संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम रु दुई सयका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकामा रु एक सयले बढाएर प्रतिग्राम असर्फीको मूल्य रु तीन सय बनाइएको छ ।

footwear zone

यस्तै संशोधित व्यवस्थाले सर्वसाधारण बाहेक सङ्गठित तथा निजी क्षेत्रका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट बिक्री गरिने छ ।

यसरी बिक्री गर्दा जर्ती लगायतको लागतबापतप्रति ग्राम रु पाँच सय थप गरी बिक्री मूल्य निर्धारण गरिने भएको छ । हाल रु तीन सय थप गरिँदै आएको थियो । यही असार ५ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको जनाइएको छ ।

You might also like

Comments are closed.