कैलाश विकास बैंकको शाखा बुटवलमा

आर्थिक आवाज
पोखरा, २६ पुस । कैलाश विकास बंैक लिमिटेडले रुपन्देहीको होराइजनचोक बुटवलमा नयाँ शाखा स्थापना गरेको छ । शाखाको बिहीबार एक कार्यक्रमका बीच बंैकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले उद्घाटन गरे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता आयोजित कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्ण प्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग वाणिज्य संघ बुटवलका वरिष्ठ उपाध्यक्ष उज्वल कसजू, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगायतले बोलेका थिए ।

footwear zone

नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेको छ । एटिएम संख्या ३१ पुगेका छन् ।

निकट भविष्यमा काठमाडौका विभिन्न ७ स्थान तथा देशका अन्य ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले हाल सम्म रु. २६ अर्ब निक्षेप संकलन गरी रु.२३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले दिए ।

You might also like

Comments are closed.