आयल निगमको बार्षिकोत्सवमा विभिन्न कार्यक्रम

पोखरा २६ पुस ।
गण्डकी प्रदेशमा पेट्रोलियम  पदार्थको सहज आपूर्तिका लागि भण्डारण क्षमता बढाउनु पर्नेमा विहिबार लेखनाथमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
नेपाल आयल निगमको ४९ औं बाािर्षकोत्सवको अवसरमा निगमको गगनगौंडा डिपोमा आयोजित पुरस्कार तथा सम्मान वितरण कार्यक्रमको उद्घाटन गर्दै, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रवहादुर बुढाले गण्डकी प्रदेशमा सहज आपूर्तिका लागि तनहुँ, गोरखा लगायतका क्षेत्रमा भण्डारण केन्द्र निर्माणका लागि प्रस्ताव गरिएको उल्लेख गरे ।

उनले पेट्रोलियम पदार्थको आपूर्तिको क्षेत्र संवेदनशिल भएको उल्लेख गर्दै, यो क्षेत्रमा बन्द हड्ताल नगर्न समेत सुझाव दिए । उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न नीजि क्षेत्र र सरकारी निकायका विच समन्वय हुनु पर्नेमा जोड दिए ।

निगम गगनगौडा डिपो प्रमुख विनी श्रेष्ठले व्यवसायीहरुको सहकार्यले पेट्रोलियम पदार्थको बजार व्यवस्थापन सहज भएको बताइन् ।  कार्यक्रममा गण्डकी धौलागिरी पेट्रोलिय डिलर्स एशोसियशनका अध्यक्ष राजन गोगंजुले गगनगौडा इन्धन डिपोमा भौतिक पूर्वाधारको सुधार गर्नु पर्नेमा जोड दिए । डिपो र डिलर एशोसियशनका विच सहकार्य भएकाले ट्यांकरहरुमा लकिङ सिस्टम सफल भएको उनको भनाइ थयो ।

footwear zone

डिपाको प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी ट्यांकर व्यवसायी समितिका अध्यक्ष सुरेन्द्ररमण पराजुली, उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि मिलन तिवारी, डिपोका कर्मचारी नवराज पोखरेल र सरिता बराल लगायतले बोलेका थिए ।
सोही अवसरमा निगमको बार्षिकोत्सवको अवसरमा आयोजित हाजिरि जवाफ प्रतियोगिताका विजयी समूह, रक्तदान तथा स्वास्थ्य शिविरमा सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई पुरस्कार बितरण तथा सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.