बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।

आज तोलामा १ सयले बढेसँगै छापावाला सुन तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयामा कारोबार तोकिएको महासंघले जनाएको छ ।

footwear zone

त्यस्तै, आज चाँदी तोलाका ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँ बढेसँगै आज चाँदी तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.