बुटवल । समृद्धि फाइनान्सले बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले बुटवल वडा न.१३ मा रहेको मिलन पार्कमा अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
फाइनान्सले समय-समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक व्याजदरसहितका विभिन्न बचत खाताहरुसमेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।




Comments are closed.