काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्रीका लागि आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीका लागि आह्वान गरेको हो ।
बैंकले सोमबार दिउँसो ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति भने असार १४ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुुल ट्रेजरीअन्तर्गत २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । सोमध्ये तीन सय ६४ दिने अवधिको पाँच अर्बको ट्रेजरी मात्र नयाँ र बाँकी सबै पुरानो नवीकरणअन्तर्गतको रहेको राष्ट्र बैंकको भनाइ छ ।

यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ साउन १० गते, २०७९ असोज ११ गते, २०७९ पुस १२ गते र २०८० असार १२ गते तोकिएको छ ।





Comments are closed.