हेटौँडा उपमहानगरपालिकामा दुई अर्ब ७१ लाखको बजेट

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आज आयोजित नगरसभा बैठकमा आयव्यय अनुमान सार्वजनिक गरेका हुन् ।

बजेटमा हेटौँडा उपमहानगरपालिकाको कार्यालय तथा प्रशासनिक खर्चतर्फ रु ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ भने सामाजिक विकासतर्फ रु ८३ करोड ६७ लाख १७ हजार तथा पूर्वाधार विकासतर्फ एक अर्ब आठ करोड ४२ लाख विनियोजन गरिएको छ ।

वन तथा वातावरणतर्फ रु १२ करोड छ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासतर्फ रु सात करोड ३३ लाख ५० हजार विनियोजन भएको उनले जानकारी दिए ।

footwear zone

साथै हस्तान्तरण भएका योजनातर्फ रु छ करोड तीन लाख ७० हजार बजेट विनियोजन भएको बताइएको छ । बजेटले शिक्षा, स्वास्थ्य र रोजगारीका साथै पूर्वाधार विकासमा जोड दिएको उपमेयर बानियाँले बताए ।

You might also like

Comments are closed.