काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १७ खर्ब ६३ अर्बको वस्तु आयात भएको छ । भन्सार विभागले प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो । नेपालमा गत वर्ष ११ वर्षको अवधिमा १३ खर्ब ८३ अर्बको सामान आयात भएको थियो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष २७ प्रतिशतले सामान आयातमा वृद्धि भएको छ । जसमा भारतबाट ११ खर्ब, चीन २ खर्ब ४४ अर्ब, अमेरिका ४७ अर्ब ७३ करोड, इन्डोनेसिया ४६ अर्ब २७ करोड र युएईबाट ४३ अर्ब ९६ करोडको सामान आयात भएको पाइएको छ ।
त्यस्तै, अर्जेन्टिना, अष्ट्रेलिया मलेसियालगायतका मुलुकबाट अर्बौंको सामान आयात हुँदा नेपालले जम्मा १ खर्ब ७३ अर्बको सामान निर्यात गरेको छ । गत वर्षको अन्त्यमा १३ खर्ब ९९ अर्ब रहेको कुल विदेशी विनिमय संचिति चालु वर्षको वैशाख सम्ममा ११ खर्ब ४६ अर्बमा झरेको छ ।




Comments are closed.