किसानलाई मल ल्याउन सहज बनाउँदै प्रशासन

काठमाडौं । खेतबारीमा प्रयोग गर्न भारतबाट मल खरिद गरेर ल्याउने वास्तविक किसानलाई सहज वातावरण बनाउन बाँके प्रशासनले पहल गरेको छ ।

नेपालमा मलको अभाव भएपछि मल ल्याउन किसानलाई सुरक्षाकर्मीले बाधा पुर्‍याएपछि आफ्नो खेतबारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्‍याउन सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार, व्यापारिक प्रयोजनका लागि हो या आफ्नो खेतबारीमा प्रयोग गर्नका लागि हो भन्ने एकिन गरी मल ल्याउन सहज वातावरण बनाउनु भन्ने निर्देशन दिइएको छ ।

footwear zone

रासायनिक मल नहुँदा किसानले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केही खुकुलो गरिएको उनको भनाइ छ । भारतबाट मल ल्याउन प्रतिबन्ध रहेपनि व्यवहारिकता हेरेर यस्तो निर्णय गर्न परेको उनले बताए ।

बाँकेका किसानले नेपालगञ्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँ लगायतका नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् ।

यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले गुनासो गरे । भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्ती सोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।

You might also like

Comments are closed.