ललितपुर । युपिभिसी निर्माणका लागि नेपालको लोकप्रिय ग्रुप क्षमादेवी ग्रुपका ग्राहकले माउन्टेन् फ्लाइटको अवसर प्राप्त गर्ने भएका छन् ।
क्षमादेवी ग्रुपको युपिभिसी प्रयोग भएका घर, भवन, अफिसको भिडियो बनाए टिकटक र फेसबुकमा अपलोड गरी क्षमादेवी ग्रुपलाई ट्याग गर्ने ग्राहकले यो अवसर पाउनेछन् । प्रत्येक महिना १ जना भाग्यशाली ग्राहकका जोडीले माउन्टेन् फ्लाइट चढ्ने अबसर पाउनेछन् ।
हरेक महिना एक जोडीले टिकट जित्नसक्ने गरी यो अफर ल्याइएको ग्रुपका एचआर म्यानेजर मनोज पन्थीले जानकारी दिए ।
यो अफरमा सहभागी हुनका लागि क्षमादेवी ग्रुपबाट निर्मित भएका युपिभिसी झ्याल ढोका हुनुपर्नेछ, आफ्नो घरमा जडान गरिएका युपिभिसी झ्याल ढोकाको फोटो तथा भिडियो बनाई आफ्नो फेसबुक, टिकटक, इन्स्ट्राग्राम अकाउन्टमा अपलोड गरी क्षमादेवी ग्रुपलाई ट्याग गर्नुपर्नेछ ।

फेसबुक, टिकटक, ईन्स्टाग्राममा अपलोड गरिएको भिडियो मध्येबाट उत्कृष्ट भिडियो बनाउने १ जोडीलाई बिजेता घोषणा गरिनेछ । क्षमादेवी ग्रुपको मुख्य शोरुम कौशलटार, भक्तपुरमा छ ।




Comments are closed.