रोहिंग्या मुसलमानहरूको विरोध प्रदर्शन प्रति विश्व हिन्दू परिषदको ध्यानाकर्षण

काठमाडौं । काठमाडौं स्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि रोहिंग्या मुसलमानहरूले गरेको विरोध प्रदर्शन प्रति विश्व हिन्दू परिषद नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

रोहिंग्या मुसलमानहरु शरणका लागि जुन देशमा गए पनि त्यहाँ उनलाई आन्तरिक सुरक्षाका लागि खतराको रुपमा देखिदैँ आएको विश्व हिन्दू परिषद् नेपालले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

साथै परिषदले रोहिंग्या मुसलमानहरुमाथि आतंकवादीहरुसँग साँठगाँठको आरोपसमेत लाग्दै आएका कारण इस्लामिक देशहरुले समेत शरण दिन अस्वीकार गर्दै आएको जनाएको छ । रोहिंग्या मुसलमान आतंकवादी संगठनहरुको प्रभावमा सजिलै आउन सक्ने सम्भावना प्रवल रहेको विज्ञप्तिमा उल्लेख छ ।

footwear zone

‘पाकिस्तानबाट सञ्चालित आतंकवादी समुहले यिनलाई आफ्नो प्रभावमा लिन प्रयासरत रहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले पटक–पटक देखाउँदै आएको छ । राजधानी काठमाडौं, कपनलगायतका ठाउँमा अवैधरुपमा रहदै आएका रोहिंग्यालगायतका मुसलमानहरू नेपालको आन्तरिक सुरक्षाका निम्ति पनि खतरा रहेको तथ्यलाई नकार्न सकिन्न । नेपाल सरकार समक्ष देशको सुरक्षा सर्वाधिक चुनौतीपूर्ण हुन्छ, जो सर्वोपरि पनि हो’- विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्रकुमार सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै परिषदले देशको सुरक्षालाई प्राथमिकतामा राख्दै रोहिंग्यालगायतका गैरकानुनीरूपमा बस्दै आएका मुसलमानहरुलाई छिटोभन्दा छिटो देश निकाला गर्न माग गरेको छ ।

त्यस्तै, गैर–कानुनीरूपमा बसेका समूहलाई नेपाल प्रवेश गराउने एवं संरक्षण गर्नेमाथि समेत यथाशिघ्र छानबिन गरी कानुनी कारवाही गर्न परिषदले अनुरोध गरेको छ । साथै सम्पूर्ण जनतालाई उक्त समुहबाट सतर्क र सावधान रहन अपिल गरेको छ ।
जय श्रीराम । नेपाल आमाको जय ।

You might also like

Comments are closed.