काठमाडौं । गोर्खाज फाइनान्सले विविध विशेषतासहितको ‘विशेष गोर्खाज पेन्सन बचत खाता’ सञ्चालनमा ल्याएको छ । ९ प्रतिशत वार्षिक व्याजदर प्रदान गर्ने गरी फाइनान्सले यो खाता सञ्चालनमा ल्याएको हो ।
न्यूनतम् ५ हजार रुपैयाँ मौज्दातमा खाता सञ्चालन गर्न सकिनेछ । ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था, ५ लाख रुपैयाँसम्मको दिर्घरोग बीमाको व्यवस्था, निःशुल्क लकर, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ, निःशुल्क डेबिट कार्ड, निःशुल्क डिम्याट सेवालगायतका सुविधा यो खातामा ग्राहकले प्राप्त गर्ने फाइनान्सले जनाएको छ ।
त्यस्तै १५ लाख रुपैयाँसम्म बिना धितो स्पेशल गोर्खाज पेन्सन कर्जा, गोर्खाज पेन्सन कर्जाको सेवा शुल्कमा ०.५ प्रतिशत छुट, निःशुल्क चेकबुक, चेक क्लियरिङ तथा स्टेट्मेन्ट, घर कर्जा तथा सवारी कर्जाको सेवा शुल्क तथा व्याजदरमा विशेष छुटलगायतका विशेषता यो खातामा रहेको छ ।

राष्ट्रियस्तरको गोर्खाज फाइनान्सको मुख्य कार्यालय चारखाल डिल्ली बजारमा छ । शाखाहरु देशभर २६ वटा छन् भने एउटा एउटा एक्स्टेन्सन काउन्टर छ ।





Comments are closed.