एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएसन अफ नेपालबीच समझदारी

काठमाडौं । एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएसन अफ नेपाल (TAAN) बीच डिजिटल सेवाहरु लाई प्राथमिकता दिन समझदारी भएको छ । समझदारीमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुबबहादुर सुबेदीबीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।

उक्त समझदारी पत्रमार्फत टानका सदस्यहरुले एनएमबि बैंकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेट वे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गर्दै आईरहेको छ ।

यी सेवाहरुले टानका सदस्यहरुलाई व्यापार व्यवसायमा सहजिकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

footwear zone

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.