बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टरबीच छुट सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टरबीच सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार अब बैंकको डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुले २५ प्रतिशत छुट पाउने भएका छन् ।

उक्त छुटको उपयोग गर्न ग्राहकरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

footwear zone

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

You might also like

Comments are closed.