देशभर बजार अनुगमन तिव्र, ७१ कम्पनीलाई कारबाही

काठमाडौं । सरकारले देशभर एकैसाथ बजार अनुगमन थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १७ गते शुक्रबार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एकै साथ अनुगमन गरिएको जानकारी दिएको हो।

अनुगमनका क्रममा मुलुकभरका विभिन्न स्थानमा ७१ वटा कम्पनीलाई कारबाही गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए। जसमध्ये विभागले गरेको २५ वटा फर्मको अनुगमनका क्रममा ९ वटालाई कारवाही गरिएको छ।

footwear zone

त्यस्तै प्रदेश १ मा २० फर्ममा अनुगमन गरिएको छ भने, मधेस प्रदेशमा गरिएको १३ फर्मको अनुगमनका क्रममा ११ लाई कारबाही गरिएको विभागले जनाएको छ। अन्य स्थानमा पनि प्रभावकारीरुपमा अनुगमन गरिएको शर्माले बताए।

त्यस्तै बजारमा चिनीको भाउ महंगिएको विषयमा पनि विभागले आपूर्ति मन्त्रालयलाई अध्ययनका लागि अनुरोध गरिएको उनले बताए।

You might also like

Comments are closed.