बजारको मूल्यवृद्धि नियन्त्रण बाहिर : महानिर्देशक शर्मा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बजारको मूल्यवृद्धि नियन्त्रणभन्दा बाहिर गइरहेको बताएका छन् । शनिबार विभागमा पत्रकार सम्मेलन गर्दै उनले शुक्रबार देशभर एकसाथ, एकै समयमा बजार अनुगमन गरिएको जानकारी पनि दिए ।

महानिर्देशक शर्माले एक वर्षमा पेट्रोलियम पदार्थको १०४ प्रतिशत मूल्यवृद्धि भएकाले अरू वस्तुको मूल्य बढेको उल्लेख गरेका छन् । अभियानकै रूपमा यसप्रकारको अनुगमनको सुरुवात गरिएको र आउँदा दिनमा पनि यसलाई निरन्तरता दिइने विभागले जनाएको छ ।

footwear zone

विदेशबाट नै सामानको मूल्य बढेर आएकाले मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर रहेको उनको भनाइ छ । उपभोक्ता हक अधिकारको संरक्षण, स्वच्छ बजार प्रवर्दन तथा अवाञ्छित मूल्य वृद्धि अनुगमन तथा नियन्त्रणका लागि जिम्मेवार संघीय सरकारअन्तर्गतका नियामक निकायहरु एवम् संविधान तथा प्रचलित कानुनबमोजिम यस्तो जिम्मेवारी पाएका प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गरि क्रियाशील हुने निर्णय भएको थियो।

उक्त निर्णय अनुसार देशव्यापी रुपमा असार १७ गते एकसाथ, एकै समय, देशैभर बजार अनुगमन सम्पन गरिएको विभागले जनाएको छ।

You might also like

Comments are closed.