वैदेशिक रोजगार व्यवसायीका समस्या सम्बोधन गर्न सरकार सकारात्मक

काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शेरबहादुर कुँवरसंग भेट गरेको छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री कुँवरसंग भेट गरेको हो।

भेटमा मञ्चले मन्त्री कुँवरको सफल कार्यकालको शुभकामनासहित स्वागत गरेको थियो । स्वागत पछि मन्त्रीलाई व्यवसायीका समस्याबारे बुँदागतरुपमा सय संख्या समाधानको टड्कारो विषय, सेवा शुल्कलगायतका विषयहरुमा ध्यानाकर्षण गराएको थियो ।

मन्त्री कुँवरले आफू यस क्षेत्रको सुधारका निम्ति सबै सरोकारवाला निकायसंग समन्वय गरि अगाडि बढ्ने आश्वासन दिए । तत्कालै समाधान गरिनुपर्ने समस्याका सम्बन्धमा आफू गम्भिर र सकारात्मक रहेको बताएको सचिव धनु सिंजालीले जानकारी दिइन् ।

footwear zone

कार्यक्रममा मञ्चका सल्लाहकार टंक बहादुर राउत, कार्यसमिति पदाधिकारी तथा सदस्यहरुका साथै पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.