चन्द्रलक्ष्मी जेष्ठ नागरिक पत्रकारिता पुरस्कार पराजुलीलाई

 

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा स्थापना गरिएको यस वर्षको चन्द्रलक्ष्मी जेष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार कुशुम केशव पराजुली सम्मानित हुने भएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघको २६औं स्थापना दिवस तथा २५औं वार्षिकोत्सवका अवसरमा सोमवार राखिएको कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक नेपाल पत्रकार महासघ कास्कीका अध्यक्ष विमला भण्डारीले पराजुलीको नाम सार्वजनिक गरेकी हुन् ।

footwear zone

संघका संस्थापक अध्यक्ष कर्माचार्यले आफू ७० वर्ष पुगेपछि राज्यबाट पाउने जेष्ठ नागरिकको भत्तामा थप गरि जेष्ठ नागरिकको क्षेत्रमा कमल चलाउने पत्रकारलाई वार्षिक एक लाख एक हजार राशीको पुरस्कार दिने घोषणा गरेका हुन् ।

बिगत चार दशकदेखि पत्रकारिताको क्षेत्रमा कलम चलाउदै आएका पराजुली पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन भने पछिल्लो समय उनले पोखरा वृद्धाश्रमको अध्यक्ष भएर जेष्ठ नागरिकको प्रत्यक्ष सेवा गर्दै आएका छन् ।

पुरस्कार छनोट समितिमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष बाबुराम गिरी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डरी, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा र परिवारजनको तर्फबाट माईकल कमाचार्य उपस्थित थिए । यस अघि उक्त पुरस्कारबाट पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष अग्रज पत्रकार नारायण कार्की सम्मानित भईसकेका छन् ।

You might also like

Comments are closed.