बढ्यो हवाई भाडा, कहाँको भाडा कति ?

काठमाडौं । नेपाल आयल निगमले फेरि हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बिहीबारबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा ५ रुपैयाँले बढाएको हो ।

हाल १८५ कायम रहेकाे हवाई इन्धनको मूल्य निगमले ५ रुपैयाँ बढाएर  १९० कायम गरिएकाे छ  । इन्धनको मूल्यबढेसँगै हवाई भाडा पनि बढ्ने भएको छ ।

काठमाडौंबाट माउन्टेन्ट उडानको भाडादर रु १४,८९० कायम गरिएको छ भएको छ ।त्यस्तै काठमाडौंबाट भद्रपुर उडानको लागि रु १२,९५५ भाडादर कायम भएको छ ।

footwear zone

काठमाडौंबाट विराटनगर उडानको लागि रु १०,२०५ भाडादर तोकिएको छ । काठमाडौंबाट जनकपुर उडानको लागि रु ५,८६० भाडादर तोकिएको छ ।

यस्तै काठमाडौंबाट भरतपुर उडानका लागि रु ४,९९०) भाडादर तोकिएको छ । काठमाडौंबाट पोखरा उडानका लागि ६,९८५ भाडादर कायम गरिएको छ । काठमाडौंबाट भैरहवा उडानको लागि रु ८,६७५भाडादर कायम गरिएको छ । काठमाडौंबाट धनगडीको उडानको लागि रु १७,०२५ भाडा कायम गरिएको छ ।

त्यस्तै काठमाडौंबाट नेपालगञ्जको उडानको लागि रु १३,९८० भाडादर कायम गरिएको छ । काठमाडौंबाट तुम्लिंटार उडानको लागि रु ८,२०५ भाडादर कायम भएको छ ।

त्यस्तै काठमाडौंबाट सिमराको लागि रु ४२४० भाडादर कायम गरिएको छ । काठमाडौंबाट सुुर्खेतको उडानका लागि १४,९९५ भाडादर कायम भएको छ । त्यस्तै काठमाडौंबाट राजविराजको उडानको लागि ८,७५५ भाडादर कायम भएको छ ।

 

You might also like

Comments are closed.