काठमाडौं । पछिल्लो २ सातादेखि सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ ।दुई दिनमा ३ हजार रुपैयाँ तोलामा घटेको सुनको मूल्य साताको अन्तिमदिन शुक्रबार भने स्थिर रहेको छ ।
बिहीबार तोलाको ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुुक्रबार पनि सेही मूल्य काय भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्त, आज तेजाबी सुनको मूल्य ९४ हजार १ सय रुपैयाँनै कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै शुक्रबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेको छ ।

तोलामा १० रुपैयाँ घटेसँगै आज चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तोलाको १ हजार एक १८५ रुपैयाँमा कारोबार भएको भएको थियो ।




Comments are closed.