काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो।
यस मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
उक्त सेयरमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।




Comments are closed.