काठमाडौं । पछिल्लो ३ सातादेखि सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ ।यो साताको पहिलो दिन आइबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो।
तोलामा २ सयबढेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ कारोबार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य ९४ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।

तोलामा १० रुपैयाँ बढेसगै आज चाँदीको मूल्य तोलाको १ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




Comments are closed.