ग्लोबल रिच पोखराको आयोजनामा ‘अष्ट्रेलियन एजुकेशन एक्जिव्युसन’ हुने

पोखरा । ग्लोबल रिच पोखरा शाखाको आयोजनामा पोखरामा अष्ट्रेलियन एजुकेशन एक्जिव्युसन हुने भएको छ । पोखराको न्यूरोडमा रहेको सिटी स्क्वायर बैंक्युटमा जुलाई २१ मा एक्जिव्युसन हुने शाखा को-अर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् ।

‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मध्यनजर गर्दै एक्जिव्युसनको आयोजना गर्न लागिएको हो,’ उनले भनिन् । बिहान १० देखि दिउसो ३ बजेसम्म कार्यक्रम हुनेछ ।

एक्जिव्युसनमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधिहरु सहभागी हुनेछन् । ‘प्रतिष्ठिन युनिभर्सिटीका प्रतिनिधिलाई विद्यार्थीले प्रत्यक्ष रुपमा भेट्ने अवसर मिल्नेछ,’ उनले भनिन्, ‘विद्यार्थीको क्षमता, स्तरको आधारमा छात्रवृत्तिको विभिन्न अवसरका बारेमा पनि जानकारी प्रदान गरिनेछ ।’

footwear zone

एक्जिव्युसनमा विभिन्न कोर्ष तथा विषयका बारेमा विद्यार्थीले जानकारी प्राप्त गर्न सक्ने छन् । विद्यार्थीलाई भर्ना प्रक्रिया, फि स्टक्चरलगायतका बारेमा जानकारी प्रदान गरिनेछ ।

You might also like

Comments are closed.