बाजुराको बूढीगंगामा एमाले विजयी

बाजुरा । बूढीगंगा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का (कुँवर) निर्वाचित भएका छन् ।

बानियाँले चार हजार ७७७ मत तथा कुवँरले चार हजार ७२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिए। प्रमुखमा नेपाली कांग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित भए । उपप्रमुखमा कांग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित भएको कठायतले बताए ।

विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा कांग्रेसका दीपक विक्रम शाह र तारा खातीसँग पराजित भएका थिए । कांग्रेसले दुवै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थियो । दश वडा रहेको नगरपालिकामा सातमा एमाले तथा तीनमा कांग्रेस विजयी भयो ।

footwear zone

एमालेले १, २, ३, ५, ६, ९ र १० वडामा जितेको छ भने कांग्रेसले ४, ७ र ८ मा जितेको छ । विसं २०७४ मा ६ वडामा मात्र एमाले विजयी भएको थियो । नगरपालिमा १३ हजार ६५९ मतदाता थिए । ६६.८३ प्रतिशत अर्थात् नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताए ।

You might also like

Comments are closed.