कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको १७औँ कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
संघको आइतबार सम्पन्न मतगणनामा संघका पूर्वअध्यक्षसमेत रहेका अध्यक्षका अर्का प्रत्यासी गणेशदत्त जोशीलाई फराकिलो मतअन्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन् । निर्वाचित जोशीले एक हजार २९९ मत प्राप्त गरेका थिए भने पराजित जोशीले ७८३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल ७५८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेव जोशीले ४८८ मत प्राप्त गरेका छन्।

त्यसैगरी महासचिव पदमा निर्मला सापकोटा भट्टलाई पराजित गर्दै खगेश्वर बोहरा निर्वाचित भएका छन् । महासचिव पदमा बोहराले एक हजार २०१ मत पाए भने अर्का प्रत्यासी भट्टले ८ सय मत प्राप्त गरेका छन्। शनिबार भएको मतदानमा दुई हजार १८४ मत खसेको वाणिज्य संघ कञ्चनपुरले जनाएको छ ।
यसअघि संघको वरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी प्यानलका दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका थिए । त्यसैगरी संघको सात सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् ।




Comments are closed.