नेपाल हवाई खेल्कुद संस्थाको अध्यक्षमा सुनिलबहादुर भट्टराई

पोखरा । नेपाल हवाई खेल्कुद संस्था (ना) को अध्यक्षमा युवा पर्यटन व्यवसायी सुनिलबहादुर भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न नवौं अधिवेशन तथा १९औं वार्षिक साधारणबाट नयाँ कार्यसमिति चयन भएको हो ।

नाको उपाध्यक्षमा सोवित बानियाँ, टेक्निकल उपाध्यक्षमा अनिल केसी, महासचिवमा खेमराज आचार्य, सचिवमा रोशन गौतम, कोषााध्यक्षमा अशोक पराजुली छन् ।

footwear zone

टेक्निकल सदस्यमा शेरबहादुर गुरुङ र दीपक थापा, सदस्यहरुमा विजय गौतम, भेनिस थापा, इमनाथ देवकाटा रहेका छन् । निबर्तमान अध्यक्ष कृष्ण भण्डारी पदेन रहनेछन् ।

हवाई खेलकुद पोखरा क्षेत्रको पहिचान भएकाले यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको र पोखराबाटै सञ्चालन गर्नुपर्ने नवनिर्वाचित अध्यक्ष भट्टराईले बताए । क्यानसँग सहकार्य गरी व्यवस्थित गर्न व्यवसायीहरु तयार रहेको बताए ।

पोखरामा ३ सय ५० जना प्याराग्लाइडिङ पाइलट र ६५ वटा कम्पनीमा सय जना भन्दा बढी व्यवसायी आबद्ध छन् ।

You might also like

Comments are closed.