प्योर ईभीको इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० को बुकिङ खुल्ला

काठमाडौं ।  नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको बाइक ईट्रिस्ट ३५० बुकिङ खुला भइरहेको छ ।

बुकिङ गरेका ग्राहकलाई आगामी दुई साताभित्र सो बाइक डेलिभरी गरिने ह्वाइट लोटस मोटर्सले जनाएको छ । नेपालभरका प्योर ईभीका सोरुममार्फत यसको बुकिङ गर्न सकिने छ । नक्सालस्थित सोरुममार्फत यसको टेस्ट राइड समेत गर्न सकिने सुविधा उपलब्ध छ ।

यो बाइकमा ७ इन्चको एलइडी डिजिटल डिस्प्ले, एलइडी हेडल्याम्प र एलइडी डिआरएलएस दिइएको छ ।प्योर इभीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ ।

footwear zone

जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर रहने जनाइएको छ । इन्धन ट्याँक रहने स्थानमा चार्जिङ सकेट दिइएको यो मोटरसाइकल एकदमै मस्कुलर देखिएको छ ।

८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ । १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ ।

यो वाइकको दुबै चक्कामा ट्युवलेस र डिस्क ब्रेक दिइएको छ । रिमोटवाटै स्टार्ट गर्न सकिने यसको अगाडी र पछाडी दुबै भागमा हाइड्रोलिक डुअल सस्पेन्सन दिइएको छ ।

१२० किलो वजन भएको यो बाइकले १६० किलोसम्मको तौल वोक्न सक्ने दाबी गरिएको छ । यसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

You might also like

Comments are closed.