बैंकहरुले किन प्रयोग गर्दैनन् नेपाली सफ्टवयर ?

काठमाडौं । नेपाल सरकारले सूचना र प्रविधिमा विकास गर्ने लक्ष्य लिएको छ । नेपालमै बनेका सफ्टवयरहरुलाई प्रवद्र्धन गर्नतर्फ भने सरकारले चासो दिएको छैन् । नेपालकै सफ्टवयरलाई विश्वभर चिनाउने लक्ष्य लिएको सरकारले नेपालकै ठूला बैंकहरुलाई नेपाली सफ्टवयर प्रयोग गर्न बाध्य बनाउन सकेको छैन् ।

नेपालमा २६ वटा कमर्सियल बैंक छन् । तीमध्ये धेरै बैंकहरुमा विदेशी सफ्टवयर प्रयोग भएको पाइन्छ । विदेशी सफ्टवयरसंग प्रतिस्पर्धा गर्नसक्ने क्षमता नेपाली सफ्टवयर कम्पनीसंग भएपनि बैंकहरुले विदेशी सफ्टवयरलाई नै प्राथमिकता दिँदा बर्सेनि करोडौं रुपैयाँ विदेशिएको छ ।

नेपालमा पहिलोपटक इन्टरनेट भित्र्याउने कम्पनी मर्कन्टायलले ‘पुमरी’नामक पहिलो बैंकिङ सफ्टवयर नेपालमा लन्च गरेको २० वर्षभन्दा बढी भइसकेको छ । यो कम्पनीले विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्नसक्ने गरी सफ्टवयर डेभलप गरेपनि धेरै बैंकले यो सफ्टवयर प्रयोग गरेका छैनन् । थोरै कमर्सियल बैंक, केही विकास बैंक र केही फाइनान्सले भने यही सफ्टवयर प्रयोग गरेका छन् ।

footwear zone

‘क’ वर्गको बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, नेपाल बैंक र एनसिसी बैंकले मात्रै नेपाली सफ्टवयर प्रयोग गरेका छन् । नेपाली बैंकहरुले नेपाली सफ्टवयर नै प्रयोग गर्दा धेरै रकम बाहिरिनबाट जोगिने बताउँछन् कम्प्युटर एसोसिएसन महासंघका सचिव चिरञ्जिवी अधिकारी ।

यस अगाडि एक दर्जनभन्दा बढी कमर्सियल बैंकले नेपाली सफ्टवयर प्रयोग गरेपनि पछिल्लो समय धेरै बैंकले विदेशी सफ्टवयर प्रयोग गर्नु गलत रहेको अधिकारीले बताए । ‘नेपाली बैंकहरुले नेपाली सफ्टवयरलाई नै प्रयोग गर्दा राम्रो हुन्छ र धेरै रकम विदेशिनबाट जोखिन्छ,’ उनले भने ।

You might also like

Comments are closed.