सातौ अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्ध सहकारीलाई

पोखरा । विशाल बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजना गरिएको सातौ अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुद्ध बचततथा ऋण सहकारीले जितेको छ ।

विशाल बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजना गरिएको अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगितामा बुद्ध बचत तथा ऋणसहकारी संस्थाका दुर्गाराज बराल र उपेन्द्र श्रेष्ठको जोडीले प्रथम हुँदै नगद २० हजार, ट्रफि तथा प्रमाणपत्र हात पारेका थिए ।

प्रतियोगितामा द्वितीय भएका मित्र मिलन सहकारीका अमृत श्रेष्ठ र हेमकृष्ण श्रेष्ठको जोडीले नगद १० हजार, ट्रफि तथा प्रमाणपत्र हात पारेका थिए भने, तृतीय भएका विशाल सहकारीका शिव शर्मा र प्रदिपकुमार मुल्मी, कर्मशिल सहकारीका शोभाखर भण्डारी र शुसिल पौडेलको जोडीले नगद पाँच हजार, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

footwear zone

कार्यक्रमा बोल्दै पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले यस्ता खालका प्रतियोगिताले सहकारी संस्थाहरुबीच सुमुधुर सम्बन्धको विकास हुने बताउदै आफ्नो स्वास्थ्यलाई समेत फाइदा पुग्ने बताए । विशाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शिव शर्माको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा खेलकुद उपसमितिका संयोजक ईन्द्रराज अर्यालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहकारी खेलकुद उपसमितिका सदस्य अम्बरबहादुर गुरूङले सहकारीका सात सिद्धान्त बाचन गरेका थिए भने सहकारीकी सचिव तारादेवी पराजुलीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

You might also like

Comments are closed.