ग्लोबल आइएमई लघुवित्तद्वारा तनहुँमा शिपमुलक तालिम

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले तनहुँको थर्पु र दमौलीमा सदस्यहरुलाई शिपमुलक तालिम प्रदान गरेको छ ।

संस्थाले घरमै बसेर आयआर्जन गर्न सकिने र थौरे लगानीमा व्यवसाय सुरु गर्न सकिने तालिम सञ्चालन गरेको हो

कृष्टलका चुरा, पोते, औंठी, टप लगायतका गहना बनाउने सम्बन्धि तालिम थर्पुमा सञ्चालन गरेको थियो भने डल, कुशन बनाउने तालिम संस्थाको चापाघाट शाखाले दमौलीमा सञ्चालन गरेको थियो ।तालिम असार २३ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको तनहुँको चापाघाट शाखाको शाखा प्रबन्धक सुशिला वि.क.ले जानकरी दिएकी छन् ।

footwear zone

तालिममा ५० जना महिला सदस्यहरुले सहभागि जनाएका थिए । दुबै शाखाको तालिममा रबिना रिजालले प्रशिक्षण गरेकी थिइन् ।

वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा लगानी मात्र नगरी उधमी बनाउन विभिन्न समयमा यस्ता शिपमुलक तालिमहरु समेत सञ्चालन गर्दे आइरहेको छ । यस वित्तीय संस्थाको ५४ जिल्लामा ११९ वटा शाखा र १,४६,००० भन्दा बढी सदस्यहरु रहेका छन् ।

You might also like

Comments are closed.