काठमाडौं । अपहृत विमान सुन्दरीजलस्थित सङ्ग्राहलयमा राखिएको छ ।
एकतन्त्रीय पञ्चायत व्यवस्था अन्त्य गर्ने उद्देश्य लिई देशमा प्रजातन्त्र स्थापनाका लागि कांग्रेस नेता बिपीको योजनामा विस २०३० जेठ २८ गते विराटनगरबाट शाही नेपाल वायुसेवाको विमान अपहरण गरिइएको थियो ।
नेपाल राष्ट्र बैककोे भारु ३० लाखसहित अपहरण गरिएको जहाज कांग्रेस नेता नगेन्द्र ढुङ्गेल, वसन्त भण्डारी र दुर्गा सुवेदीले अपहरण गरी भारतको फारबेसगन्ज पुर्याएका थिए ।

हाल उक्त विमान सुन्दरीजलस्थित सङ्ग्राहलयमा रहेको छ ।तस्बिर : आदित्य दाहाल /रासस




Comments are closed.