बीमा कार्डको अनुगमन

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको अनुगमन गरेको छ। प्रतिष्ठानमा अर्काको नाममा रहेको बीमा कार्ड प्रयोग गर्नेको सङ्ख्या बढेको जनगुनासो आएपछि अनुगमन गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावतले जानकारी दिए ।

उनले भने,“प्रतिष्ठानको अनुगमनमा भर्ना भएका ९० प्रतिशत बिरामीले स्वास्थ्य बीमा कार्ड अनधिकृत रूपमा प्रयोग गरेको पाइएको छ ।” पहिलोपटक अनुगमन भएकोले धेरैलाई सचेतसमेत गराइएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका संयोजक रावतले जानकारी दिए।

अर्काको नाममा प्रयोग भएका बीमा कार्डसमेत जफत भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल र सुरक्षा निकायलगायत स्वास्थ्य बीमा बोर्डका कर्मचारीको सहभागितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन भएको थियो ।

footwear zone

जिल्लाभर करिब ६० हजार बढीले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहले पालिकाभित्रका गरीब, एकल महिला र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्क जस्ता कार्यक्रम लागू गरेका छन् ।

You might also like

Comments are closed.