महिन्द्राको एक्सयूभी ४०० इलेक्ट्रिक कार सेप्टेम्बरमा लन्च हुँदै

काठमाडौं । महिन्द्राको एक्सयूभी ४०० इलेक्ट्रिक कार सेप्टेम्बर २०२२ मा लन्च हुने भएको छ । भारतमा लन्च भएपछि यो कारले टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ एलईडी -यापराउन्ड टेलल्याम्प तेर्सो रूपमा विस्तार गरिएको छ जबकि टेलगेट र रियर बम्पर पनि परिमार्जन गरिएको छ ।

एक्सयूभी ४०० को कुल लम्बाई लगभग ४.२ मिटर हुनेछ । एक्सयूभी ४०० को डिजाइन इएक्सयूभी ३०० को अवधारणाबाट प्रभावित रहेको छ ।

footwear zone

जसमा शट-अफ फ्रन्ट ग्रिल, नयाँ डिजाइन गरिएका अलोय ह्विल उपलब्ध रहेको छ । महिन्द्राले भविष्यमा धेरै नयाँ इलेक्ट्रिक कार पेश गर्ने योजनामा छ । महिन्द्राले नयाँ ईभी सहायक कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।

महिन्द्राको यो नयाँ ईभी कम्पनीले विश्व बजारका लागि इलेक्ट्रिक फोर ह्विलर गाडी लन्च गर्नेछ । यसको लागि कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ हजार ९२५ करोड भारु लगानी गरिसकेको छ ।

महिन्द्रा र बीआईआईले चरणबद्ध रूपमा ईभी कम्पनीमा अन्य लगानीकर्ताको आवश्यकता पूरा गर्न संयुक्त रूपमा काम गर्नेछन् ।

बेलायतमा रहेको संस्था र महिन्द्राले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि ईभी कम्पनीले चार पाङ्ग्रे इलेक्ट्रिक सवारी साधनमा केन्द्रित हुनेछ ।

 

You might also like

Comments are closed.