बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो तीन सातादेखि सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहको छ । बुधबार घटेको सुनचाँदीको मूल्य बिहीबार भने सामान्य बढेको छ । बिहीबार छापावाला सुन तोलाको ३ सय रुपैयाँले बढेको छ ।

तोलामा ३ सय रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य ९४ हजार १ सय रुपैयाँमा हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँ बढेसँगै आज चाँदी १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  बुधबार चाँदी तोलाको १ हजार १७० रुपैयामा कारोबार भएको थियो ।

You might also like

Comments are closed.