कामना सेवा बैंकद्वारा २१ औं शाखा रहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २१ औं शाखा रहित बैंकिंङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले बिहीबारबाट इलाम जिल्लाको रोङ गा.पा. वडा नं. ०६ को सलकपुरमा शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

रोङ गा.पा. वडा नं. ०६ सलकपुर स्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी)लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

footwear zone

वडा नं. ०६ का वडा सदस्य श्री धिरज राईले उक्त शाखा रहित बैंकि सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नं. ०६ का अन्य जनप्रतिनिधिहरु, व्यावसायिक प्रतिनिधि, स्थानीय साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।यो सेवाबाट ग्रामीण तथा बैंकिंङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

You might also like

Comments are closed.