महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सबीच मर्जर गर्ने सहमति भएको छ ।

बिहीवार साँझ दुई इन्योरेन्सले मर्जरका लागि सहमति गरेका हुन् । यी दुई कम्पनीहरूले १ बराबर १ स्वाप रेसियोमा जाने गरी सहमति गरेका छन् ।

मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सको नामबाट एकीकृत कारोबार शुरू हुने विज्ञप्तिमार्फत जनाइएको छ ।

footwear zone

मर्जर दुई कम्पनीहरूको हैसियत समान रहनेछ। मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् ।अमात्य अहिले प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष छन् ।

हाल प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी २ अर्ब १० करोड (संस्थागत लगानीकर्ता र लिलामी प्रक्रियाबाट उठेको रकमसमेत) रुपैयाँ छ । मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

You might also like

Comments are closed.