नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको अध्यक्षमा भाष्कर शिंह लाला

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको अध्यक्षमा सिए भाष्कर सिंह लाला सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै संस्थाको उपाध्यक्षमा सुजनकुमार काफ्ले चयन भएका छन् । यसभन्दा पहिला अध्यक्षमा सिए. युद्धराज ओली हुँदा लालाले उपाध्यक्षको पद सम्हालेका थिए ।

उनको जन्म दार्चुला जिल्लाको ब्यास १ छाङरुमा भएको थियो ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो ।

footwear zone

यस संस्थाले नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दछ । यस संस्थाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा अवस्थित छ भने क्षेत्रीय कार्यालयहरू विराटनगर, बुटवल, विरगंज,नेपालगन्ज, धनगढी तथा पोखरामा रहेका छन् ।

You might also like

Comments are closed.