काठमाडौं । व्यवसायिक महिला क्लब, पोखरा च्याप्टरले पृथ्वीनारायण क्याम्पसको अडियो पुस्तकालयका लागि विभिन्न प्राविधिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
पृथ्वीनारायण क्याम्पसमा दृष्टिविहीन विद्यार्थीहरुको लागि सञ्चालित अडियो पुस्तकालयलाई शुक्रबार आयोजित कार्यक्रममा क्लबले १ थान एच.पि.स्क्यानर, क्यानन प्रिन्टर, १५ रिम प्रिन्ट पेपर, ब्रेल कपीलगायतका सामग्रीहरु क्याम्पसका विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकाललाई हस्तान्तरण गरेको हो ।


क्लबका अध्यक्ष हरीमाया शर्माको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा दृष्टिविहीन विद्यार्थी दीपक अधिकारी, पुस्तकालयका कर्मचारी राजेन्द्र सुबेदी, क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकाल क्लबका पदाधिकारीहरु लक्ष्मी गुरुङ, गंगालक्ष्मी गुरुङ, धनेश्वरी पराजुलीलगायतले दृष्टिविहीन विद्यार्थीका लागि शैक्षिक तथा प्राविधिक सहयोग गरी शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राखेका थिए ।




Comments are closed.