चन्द्रौटामा तरकारी संकलन केन्द्र

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिमा तरकारी संकलन केन्द्र सञ्चालनमा आएको छ । नगरपालिका–३ मा शिवराज कृषि सहकारी संस्थाले संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त संकलन केन्द्रको आज उद्घाटन गर्दै नगर उपप्रमुख शिवकुमारी थारूले किसानले उत्पादन गर्ने तरकारीलाई बजारीकरण गर्न संकलन केन्द्रले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि तरकारी संकलन केन्द्रले किसान प्रत्यक्ष राहत पुग्ने उनले बताइन्।

तरकारी संकलन केन्द्र स्थापना गर्न ट्रस निर्माणका लागि नगरपालिकाको रु पाँच लाख ८८ हजार र रु ६५ हजार बराबरको श्रमदान गरिएको उपप्रमुख थारूले जानकारी दिइन् ।

You might also like

Comments are closed.