काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । आज सुनको मूल्य फेरि घटेको छ । साताको पहिलो आइतबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाले घटेको छ ।
तोलामा २ सय रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९३ हजार ६सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै,आइतबार तेजाबी सुनको मूल्य ९३ हजार १ सय रुपैयाँमा हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यस्तै, चाँदीको मूल्यमा भने वृद्धि भएको छ ।

आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । तोलामा १५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाली बजारमा पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ ।




Comments are closed.